global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिकाबीच तीन महिने इन्टर्नशिप सम्झौता

नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिकाबीच तीन महिने इन्टर्नशिप सम्झौता

नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिकाबीच तीन महिने इन्टर्नशिप सम्झौता

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजचाँगुनारायण नगरपालिका बीच समुदाय विकास तथा विद्यार्थी इन्टर्नशिप कार्यक्रमका लागि समझदारी कायम गरिएको छ । सोमबार कलेज र नगरपालिकाबीच औपचारिक रूपमा उक्त सम्झौता गरिएको हो ।

सम्झौताअनुसार नगरपालिकाले कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई नवप्रवर्तन, उद्यमशीलता र सीप विकासमा प्रोत्साहन गर्नेछ । कलेजले पनि दक्ष जनशक्ति तथा प्राविधिक सहयोगमार्फत स्थानीय समुदायको विकासमा योगदान पुर्‍याउनेछ ।

त्यसैगरी, नगरपालिकाअन्तर्गतका सबै वडाहरूले कलेजका विभिन्न कार्यक्रमका विद्यार्थीलाई कम्तीमा तीन महिनाको इन्टर्नशिप अवसर प्रदान गर्ने सहमति भएको छ । यसले विद्यार्थीहरूको व्यावहारिक ज्ञान र कार्यअनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीका अनुसार, कलेजका नवीन सोच, प्रविधि तथा परियोजना प्रस्तावहरू मध्ये छनोट भएका योजनामा नगरपालिकाले आवश्यकता अनुसार आर्थिक सहयोग, मार्गदर्शन तथा अन्य अवसरहरू उपलब्ध गराउनेछ ।

कलेजले हाल विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग तथा परामर्श संस्थाहरूसँग सहकार्य गर्दै विद्यार्थीहरूको सीप र क्षमता विकास गर्दै आएको छ । शैक्षिक संस्था र उद्योगबीचको दूरी घटाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता सहकार्यले देश र समुदाय दुवैको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु