गृहपृष्ठ मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने
मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने
झापा । सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा उक्त परियोजना अन्तर्गत भवन निर्माण गरिने उल्लेख छ । मेचीनगरमा २०४९ सालदेखि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै आएको छ ।
मेचीनगर–८ स्थित जोरसिमल क्षेत्रमा कम्पनीको पूर्णस्वामित्वको लगभग चार बिघा जग्गा रहेको छ । विगतदेखि नै उक्त जग्गामा आवासीय भवन निर्माण गर्ने कम्पनीको योजना भए पनि यसअघि योजना कार्यान्वयनमा आएको थिएन ।
प्रकाशित समय : ०४:२९ बजे


















