गृहपृष्ठ इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य
इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य
काठमाडौं । एसियन गेम्स छनोट खेलमा इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार गर्यो ।
कप्तान नन्दा साकारिनीले ६२ बलमा ३ चौकाको सहयोगमा अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट आफ्नो नाममा गरिन् ।
नेपाल इन्डोनेसियाविरुद्धको इतिहासलाई निरन्तरता दिन चाहन्छ । नेपालले हालसम्म भएका एक भेटमा इन्डोनेसियालाई हराएको छ ।
इन्डोनेसिया भने इतिहासमा नयाँ नाम लेखाउने लक्ष्यमा छ । बुधबार सम्पन्न प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको थियो । वरियतामा नेपाल भन्दा २१ स्थान तलको चीनमाथि नेपालको यस जितलाई संघर्षपुर्ण जित मान्न सकिन्छ ।
मंगलबार भएको पहिलो खेलमा वरियतामा नेपाल भन्दा १ स्थान मात्र पछि रहेको इन्डोनेसिया चीनसँग पराजित भएको थियो । सोही चीनलाई पराजित गरेको नेपाल अंक तालिकाका शीर्ष स्थानमा छ । यस खेलमा जित हासिल गरेर समूह विजेताको रुपमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगिताको शीर्ष तीनमा रहने राष्ट्रले एसियन गेम्समा स्थान बनाउँने छ ।
प्रकाशित समय : १४:५० बजे



















