global ime bank Long Banner Ad

गृहपृष्ठ एसियन खेलकुद छनोट : चीनविरुद्धको खेलमा नेपालले बनायो १२५ रनको योगफल

एसियन खेलकुद छनोट : चीनविरुद्धको खेलमा नेपालले बनायो १२५ रनको योगफल

एसियन खेलकुद छनोट : चीनविरुद्धको खेलमा नेपालले बनायो १२५ रनको योगफल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले १२५ रनको योगफल बनाएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको हो । नेपालका लागि पुजा महतोले सर्वाधिक ६३ रनको योगदान दिइन् । उनले ५७ बलमा ६ चौका प्रहार गर्दै ६३ रन बनाएकी हुन् ।

त्यसैगरी रुबी पोदारले अविजित २२ रनको योगदान दिइन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कविता कुँवरले ५ रन जोड्दा सम्झना खड्का र रुविना क्षेत्रीले समान ४र४ रन बनाए ।

बलिङतर्फ चीनकी मा रुइकाले २ विकेट लिइन भने वाङ हुइयिङ र जियापिङ लीले समान एकरएक विकेट लिइन् । अब नेपाललाई हराउन चीनले निर्धारित २० ओभरमा १२६ रनको योगफल बनाउनुपर्ने हुन्छ ।

प्रतियोगितामा विभिन्न छ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन र इन्डोनेसिया छन् । त्यसैगरी, समूह ए मा भने आयोजक मलेसिया, हङ्कङ र थाइल्यान्ड छन् । प्रतियोगिताका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसैवर्ष जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिने पाउनेछन् ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु