global ime bank Long Banner Ad

गृहपृष्ठ एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपालले चीनलाई हराउँदै विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । यता चीन पनि लगातार दोस्रो जित निकाल्ने उदेश्यका साथ मैदानमा उत्रेको छ । हिजो भएको आफ्नो पहिलो खेलमा चीनले इन्डोनेसियालाई तीन विकेटले पराजित गर्दै जित हासिल गरेको थियो ।

विभिन्न छ राष्ट्र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन र इन्डोनेसिया छन् ।

त्यसैगरी, समूह ए मा भने आयोजक मलेसिया, हङ्कङ र थाइल्यान्ड छन् प्रतियोगिताका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसैवर्ष जापानमा हुने २० एसियाली खेलकुद प्रतियोगितामा भाग लिने पाउने छन् ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु