गृहपृष्ठ तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । मङ्गलबार प्रतितोला पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८० निर्धारण भएको छ ।
प्रकाशित समय : १२:११ बजे


















