गृहपृष्ठ इरानी संसद्का सभामुख गालिबाफ चीनमामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त
इरानी संसद्का सभामुख गालिबाफ चीनमामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त
अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँम्गको सम्बन्ध हेर्ने विशेष प्रतिनिधि नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले आइतबार जनाएका छन्।
“मोहम्मद बाघेर गालिबाफलाई हालै इरानको चीन मामिलाका लागि विशेष प्रतिनिधिको रूपमा नियुक्त गरिएको छ,” तस्निम समाचार एजेन्सीले इरानी विश्वस्त स्रोतलाई उद्धृत गर्दै लेखेका छन।
इरानका राष्ट्रपति मसुद पेजेस्कियनको प्रस्ताव र सर्वोच्च नेता अयातोल्लाह मोजतबा खामेनीको प्रस्तावमा गालिबाफलाई उक्त पदमा नियुक्त गरिएको तस्निमले जनाएको छ ।
ले इरान र चीनबीचको सम्बन्धका विभिन्न क्षेत्रमा समन्वय गर्ने बताइएको छ ।
गत मार्च १७ मा अमेरिका–इजरायली आक्रमणमा मारिएका दिवङ्गत सुरक्षा प्रमुख अली लारीजानीले पनि यस्तै अडान लिएकाथिय ।
प्रकाशित समय : १८:२७ बजे



















