गृहपृष्ठ ‘गौँथली’को पहिलो झलकमा अरुण र सिम्रन
‘गौँथली’को पहिलो झलकमा अरुण र सिम्रन
काठमाडौँ । अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘गौँथली’ चाँडै प्रदर्शनमा आउने भएको छ ।
डा कपिल रिजालले निर्देशन गरेको उक्त चलचित्रको पहिलो झलक सार्वजनिक गरिएको छ । ग्रामिण भेगको सामाजिक र प्रेम कथामा आधारित रहेर उक्त चलचित्र तयार गरिएको निर्देशक डा रिजालले जानकारी दिए ।
उनले भने, “गौँथली शिर्षकमै बुवा ९डा भोला रिजाल०ले ग्रामिण परिवेशलाई समेटेर चलचित्र निर्माण गरेको थियो । यसपटक मैले दर्शकको त्यो विश्वासलाई कायम गर्ने गरी काम गरेको छु । यो अनौठो र असामान्य देखिने जोडीको प्रेमकथा हो । यो हामीले नसोचेको एउटा कथा हो ।”
डा रिजालले आफू चिकित्सक भएकाले पनि ‘गौँथली’ को कथा दर्शकसम्म पुग्न आवश्यक रहेको बताए । अभिनेता अरुण क्षेत्रीले उक्त चलचित्रमार्फत नयाँ पात्रलाई पर्दामा ल्याउने अवसर पाएको बताए ।
“मैले अहिलेसम्म गरेका काममा यो भिन्न छ । यसका लागि मैले शारीरिकसँगै मानसिक रुपमा समेत तयारी गरेको छु । मेरो पात्रको बारेमा अहिले धेरै कुरा गर्न मिल्दैन तर यसपटक दर्शकले फरक अरुणलाई देख्नु हुनेछ”, अभिनेता क्षेत्रीले भने ।
उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै अभिनेत्री सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेको छ ।
प्रकाशित समय : १८:१८ बजे



















