global ime bank Long Banner Ad

गृहपृष्ठ सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबीच जारी युद्धविरामको अवधि ४५ दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गरेका छन । उनले यस कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकहरूको दुःख कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

संयुक्त राष्ट्रसंघको प्रेस कार्यालयद्वारा जारी वक्तव्यअनुसार महासचिव गुटेरेसले द्वन्द्व अन्त्यका लागि भइरहेका सम्पूर्ण प्रयासप्रति समर्थन जनाउँदै लेबनान र इजरायलबीचको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा र मानवीय सहायतामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । उक्त सीमारेखा संयुक्त राष्ट्रसङ्घले सन् २००० मा निर्धारण गरेको हो ।
उनले सम्बन्धित सबै पक्षलाई युद्धविरामको पूर्ण सम्मान गर्न, थप आक्रमण नगर्न तथा अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तहरूको पालना गर्न आग्रह गरेका हुन । साथै, क्षेत्रीय शान्ति, स्थायित्व र आपसी समझदारी कायम राख्न संयमता तथा संवादको आवश्यकता औंल्याए ।

संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ पूर्ण रूपमा कार्यान्वयन गर्न भइरहेका कूटनीतिक प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ । उक्त प्रस्ताव सन् २००६ मा लेबनानी समूह हिज्बुल्लाह र इजरायलबीच भएको युद्ध अन्त्य गर्नका लागि ल्याइएको थियो ।
युद्धविराम अवधि थप गरिनुले सीमावर्ती क्षेत्रमा केही राहत र स्थिरता आउने अपेक्षा गरिएको भए पनि अवस्था अझै संवेदनशील रहेकाले निरन्तर संवाद, सहकार्य र शान्तिपूर्ण पहल आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ ।
रासस

प्रकाशित समय : १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु