global ime bank Long Banner Ad

गृहपृष्ठ चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ ।

चिनियाँ अधिकारीहरूले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारीहरू भइरहेको बताएका छन् । मौसम अवस्था र प्राविधिक मूल्याङ्कनपछि उपयुक्त समयमा प्रक्षेपण गरिने जनाइएको छ ।

यो अभियान चीनको अन्तरिक्ष कार्यक्रमको अर्को महत्वपूर्ण चरण मानिएको छ । यसमार्फत अन्तरिक्ष यात्रीहरूलाई चीनको अन्तरिक्ष केन्द्रमा पठाइने अपेक्षा गरिएको छ । चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष प्रविधिमा तीव्र प्रगति गर्दै आफ्नै अन्तरिक्ष केन्द्र सञ्चालन गरिरहेको छ र नियमित रूपमा मानवसहित अन्तरिक्ष अभियान सञ्चालन गर्दै आएको छ ।

जिउछ्वान प्रक्षेपण केन्द्र चीनको प्रमुख अन्तरिक्ष प्रक्षेपण स्थलमध्ये एक हो, जहाँबाट अधिकांश मानवसहित अन्तरिक्ष अभियान प्रक्षेपण गरिन्छ । अभियान सफल भएमा चीनको अन्तरिक्ष अनुसन्धान तथा दीर्घकालीन अन्तरिक्ष योजनामा थप उपलब्धि हासिल हुने विश्वास गरिएको छ ।
रासस

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु