गृहपृष्ठ स्कटल्यान्डले अमेरिकालाई दियो ३२२ रनको चुनौती
स्कटल्यान्डले अमेरिकालाई दियो ३२२ रनको चुनौती
काठमाडौँ । स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रनको योगफल बनायो । ५० ओभरको खेललाई वर्षाका कारण ४७ ओभरमा झारिएको हो ।
स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रन बनाए । विकेट किपर म्याथ्यु क्रसले ३२ बलमै ८ चौका र २ छक्कासहित ५८ रन जोडे ।
प्रकाशित समय : १८:३३ बजे




















