global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

दाङ । यहाँ भेला भएका तीन प्रदेशका थारु अगुवाले समुदायको मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति संरक्षणका लागि सबै थारु समुदाय एकजुट हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार र मङ्गलबार जिल्लाको दङ्गीशरण गाउँपालिका–३ चखौरामा सम्पन्न अन्तरप्रदेशस्तरीय सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो । मटवा, बरघर तथा भलमन्सा सङ्घको आयोजनामा भएको सम्मेलनपछि बुधबार संयुक्त अपिल जारी गर्दै थारु समुदायको मौलिकता संरक्षणमा समुदाय स्वयं सक्रिय हुनुपर्ने र तीनै तहका सरकारले पनि थारु पहिचान संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

सङ्घका उपाध्यक्ष धिरेन्द्र चौधरी, बेसका कार्यवाहक अध्यक्ष यज्ञराज चौधरी, थारु सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष राजेश चौधरी तथा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रभात चौधरीद्वारा जारी संयुक्त अपिलमा थारु समुदायले आफ्नै परम्परा र चलनअनुसार विवाह संस्कारलाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ ।

पछिल्लो समय थारु समुदायको विवाह संस्कृति हराउँदै गएको भन्दै त्यसको संरक्षण र प्रवद्र्धन गर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको सङ्घका उपाध्यक्ष चौधरीले बताए ।
उहाँले थारु समुदायका पूजा–आजा, नाचगान तथा खानपान संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । साथै स्थानीय तहलाई थारु समुदायका नामबाट नामकरण भएका टोल तथा बस्तीका नाम नहटाउन र थारु पहिचान मेटिने गतिविधि नगर्न आग्रह गरिएको छ ।

थारु समुदायका परिकार, हस्तकला तथा अन्य मौलिक सामग्रीको उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिइएको छ । सम्मेलनले मटवा, बरघर तथा भलमान्सा सम्बन्धी विधेयक पारित गरी थारु समुदायको संस्कार र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने मागसमेत गरेको छ ।

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु