global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लागुऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको विशेष अभियान शुभारम्भ

लागुऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको विशेष अभियान शुभारम्भ

लागुऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको विशेष अभियान शुभारम्भ

सर्लाही । सर्लाही प्रहरीले लागुऔषध दुव्र्यसन नियन्त्रण तथा युवापुस्तालाई कुलतबाट जोगाउने उद्देश्यले विशेष अभियान सुरु गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा सञ्चालन गरिएको ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३’ अन्तर्गत दोस्रो चरणको अभियान शुक्रबारदेखि सर्लाहीमा औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सरोज राईले अभियानको मुख्य उद्देश्य लागुऔषध सेवनकर्ताको पहिचान गरी सुधारतर्फ उन्मुख गराउनु रहेको बताए । उनले लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि समुदाय, स्थानीय तह, अभिभावक र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अभियानलाई जिल्लाभर निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरेले लागुऔषधको समस्या सामाजिक चुनौतीका रूपमा बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । उनले अभियानले युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालय सर्लाहीका सशस्त्र प्रहरी कर्मचारीहरूले लागुऔषध विरुद्ध जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए । नाटकमार्फत लागुऔषधको दुष्परिणाम तथा समाजमा पर्ने नकारात्मक प्रभावबारे सन्देश प्रवाह गरिएको थियो ।

प्रहरी चौकी गोरखकालीमा आयोजित उद्घाटन कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सरोज राई, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु