global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष

विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष

विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष

ढोरपाटन बागलुङ ।विपन्न वर्गका बालबालिकालाई पढाउन काठेखोला गाउँपालिका–२ भीमापोखराका सम्मरबहादुर थापाले स्थानीय मन्द्रीदेव माध्यमिक विद्यालयमा रु दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन । आफूले २०५४ सालमा स्थापना गरेको विद्यालयमा पढ्न आउने बालबालिका आर्थिक अभावका कारण बीचमा पढाइ छाड्न बाध्य हुननपरोस् भनेर अक्षयकोष खडा गरेको दाता थापाले राससलाई बताए । श्री थापा र उहाँका पाँच दाजुभाइले विद्यालयलाई दान गर्नुभएको एक रोपनी तीन आना जग्गामा विद्यालय निर्माण गरिएको छ । कक्षा एकदेखि आठसम्म अध्यायपन हुने उक्त विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु