global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् ।किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् ।

किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् ।
किराती सहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । बागबजारको हार्दिक होटलमा आज दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम गर्न लागेको उनले बताए ।

किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए ।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषद्को एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु