global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । काठमाडौंको कमलादिस्थीत प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो ।

महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला÷नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।

जिल्ला÷नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई÷दुई जनाको उम्मेदवारी परेको छ । विभिन्न पदमा व्यवसायीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा तीव्र बनाएका छन् ।वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने चर्चा छ । निर्वाचनपछि महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु