global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट । खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।

उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली फस्टाएको छ । रौतामाई गाउँपालिका–२ भुटारका किसान देवराज दाहालले भने, “यसपटक मकै छर्ने बेलादेखि वर्षा भइरहेका कारण मकै छर्न र गोड्नसमेत सहज भएको छ, मकैबाली उत्पादन बढ्ने आशा छ ।”

त्यसैगरी चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले निरन्तर वर्षा भइरहेकाले मकै उत्पादन बढ्ने बताए । त्रियुगा नगरपालिका–१६ सुकौराका किसान तेजबहादुर बलम्पाकी मगरले भने, “यसपटक डाँडापाखाका बारीमा समेत छरेको मकै निरन्तर वर्षाका कारण राम्ररी फस्टाइरहेको छ, निरन्तर वर्षाले मकैखेतीलाई ठूलो राहत प्रदान गरेको छ ।”

जिल्लाको पहाडी क्षेत्रका सुक्खा, बारी डाँडापाखामा छरेको मकैको बिरुवालाई वर्षाले राहत प्रदान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवले मकैखेती गर्ने सिजनबाट वर्षा सुरु भएकाले पडाडी क्षेत्रका बारीमा लगाएको मकैखेती राम्रो हुने बताए ।

यादवका अनुसार उदयपुरमा ११ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि मकैखेती हुँदै आएको छ । यसपटक यस्तै मौसम रहेमा मकै उत्पादनमा २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु