global ime bank Long Banner Ad

गृहपृष्ठ सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

अमेरिका बस्दै आएका विष्टले यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा रहेको कालिका आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको महादेव विद्यालयका प्रधानाध्यापक सरिता रावतले जानकारी दिए ।प्रायः गाउँका निम्न आय स्रोत भएका बच्चाहरू पढ्ने गर्छन् । विदेशमा कमाएको पैसा बचत गरी केही राहत होस् भनेर गाउँका आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक९ट्रयाक सुट० र टिसर्ट वितरण गरिएको समाजसेवी अम्मर विष्टले जानकारी दिए।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने उद्देश्यले आफूले यहाँका दुईवटा विद्यालयमा पोसाक प्रदान गरेको युवा समाजसेवी विष्टले बताए ।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थीबीच पोसाकले एकरूपता ल्याउने महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाको भनाइ छ । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोसाकले मद्दत पुग्ने वडाध्यक्ष जङ्गबहादुर बस्नेतले बताए ।

वडाध्यक्ष बस्नेतले भने, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ ।” उनका अनुसार विद्यार्थीलाई पोसाकको कारण अब असहज हुने छैन । वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गर्दे आएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु