गृहपृष्ठ आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन
आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन
काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पतालमा आज शुक्रबार ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले २०८३ साल वैशाख १७ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १८, १९ र २० गते सार्वजनिक बिदा परेकाले बहिरङ्ग (ओपिडी) सेवा प्रभावित भई सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको भन्दै १८ गते ओपिडी सञ्चालन गर्ने विज्ञप्ति जारी गरेको हो ।
मन्त्रालयले सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वैशाख आज देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न सम्बन्धित अस्पताल प्रशासनलाई अनुरोध गरेको हो ।
प्रकाशित समय : ११:१९ बजे




















