global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एक सय २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

एक सय २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

एक सय २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं- विहीबार नेपाल राष्ट्र बैंकले १२० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ९७ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । यसको साँवाब्याज राष्ट्र बैंकले २०८३ साउन २० गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु