global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रियता जरुरी

संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रियता जरुरी

संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रियता जरुरी

सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले खानेपानी तथा सरसफाइका संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रिय भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।

खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका लागि फ्ल्यागशिप कार्यक्रम तर्जुमा सम्बन्धी प्रदेशस्तरीय परामर्श गोष्ठीमा मन्त्री बुढाले खानेपानी संरचना निर्माण पछि रेखदेख, संरक्षण र दिगो व्यवस्थापनमा उपभोक्ताले अपनत्व लिनुपर्ने बताइन् ।

उपभोक्ताको अपनत्वविना भौतिक संरचनाहरूको संरक्षण र दीर्घकालीन हुन नसक्ने उनको भनाई छ । करौडौ खर्चिएर बनाइएका संरचना जीर्ण हुनुमा उपभोक्ताको अपनत्व नभएको उनले बताइन् । ‘विभिन्न साझेदारहरू र तिन वटै तहका सरकारको लगानीमा निर्माण गरिएका केही संरचनाहरू जीर्ण बन्दै गएका छन्’ उनले भनिन्, ‘यस्तो अवस्थाको अन्त्यका लागि उपभोक्ताको अपनत्व हुनुपर्छ ।’

खानेपानी र सरसफाइ मानव जीवनका आधारभूत आवश्यकता मात्र नभई स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताइन् । कर्णाली प्रदेशमा सुरक्षित खानेपानी र दिगो सरसफाइको पहुँच विस्तार अझै पनि प्रमुख प्राथमिकताको विषय रहेको उनको भनाई छ ।

प्रदेश सरकारले खानेपानी, सिचाइ तथा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नीति, योजना तथा कार्यक्रम बनाएको मन्त्री बुढाको दाबी छ । ‘सुरक्षित खानेपानीको पहुँच विस्तार, सरसफाइ सुधार, जलस्रोतको दिगो उपयोग र स्थानीय तहको क्षमता अभिवृद्धिका कार्यक्रम जरुरी छ’ उनले भनिन् ।

मन्त्रालय अहिले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको सन्दर्भमा वास्तविक आवश्यकता पहिचानका आधारमा बजेट विनियोजन गरी स्रोतको अधिकतम उपयोग र परिणाममुखी कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु