global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ । कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो ।

हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको प्रधानाध्यापक न्याउली छन्त्यालले बताइन । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठाको अभाव भएको उनले बताइन ।

यसैगरी आज अन्नपूर्ण गाउँपालिकाको शिख, घार क्षेत्रमा परेको असिनाले हिउँदे र बर्खेबालीमा क्षति पु-याएको छ । असिनापानीपछिको बाढीले विभिन्न ठाउँमा सडक, खानेपानी, सिँचाइका संरचनामा क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तानको जनजीवन हावाहुरी, बर्सात र असिनाले प्रभावित बनाएको छ ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु