गृहपृष्ठ जेन-जी आन्दोलनमा जलेका गाडीको नाममा इन्धन दुरुपयोग
जेन-जी आन्दोलनमा जलेका गाडीको नाममा इन्धन दुरुपयोग
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।
‘जेन-जी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।
उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका छ गरी कुल २४ ओटा गाडी जलेका थिए ।
प्रकाशित समय : १२:२१ बजे


















