nmb bank

गृहपृष्ठ होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन

होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन

होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन

पञ्च ज्योति समूहअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होन्डा सर्भिस नेटवर्क विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ।

जसका माध्यमबाट कम्पनीले ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ।

यस पहलअन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कलंकीस्थित ज्योति भवन रहेको दुईवटा सेवा केन्द्रहरूको उद्घाटन समारोह सम्पन्न भएको छ।

उक्त उद्घाटन समारोहमा होन्डा मोटर कम्पनीका प्रतिनिधिहरू (एसिया ओसियाना), स्याकार ट्रेडिङका वरिष्ठ अधिकारीहरू, पञ्च ज्योति समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

स्याकार ट्रेडिङ कम्पनीले होन्डाका ग्राहकहरूका लागि ‘पहिलेकै मूल्यमा प्रिमियम सर्भिस’ को अवधारणा अघि सारेको छ। यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नेछन्।

कम्पनीले प्रिमियम कस्टमर एक्सपेरियन्सलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ ग्राहकमैत्री बनाउने जानकारी दिएको छ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु