nmb bank

गृहपृष्ठ लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता-२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजयी भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा आज घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ खड्काले निर्धारित १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा र महिलातर्फ सेनाकै न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्न सफल भयो । पहिलो बन्नुभएका खड्का र न्यौपानेले समान ८० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीका रुपेश कार्की ३१ मिनेट १३ सेकेन्डका साथ दोस्रो हुँदा नेपाली सेनाकै उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा हुन सफल भयो ।

महिलातर्फ सेनाकै निर्मला केसीले ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा सम्झना गुरुङवान ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान लिन सफल भएको छ । प्रतियोगितामा द्वितीय र तृतीय स्थान लिने पुरुष तथा महिला खेलाडीलाई जनही रु ४५ हजार र रु २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट दुई सेकेन्डमा दूरी पार गर्दै  चौथो हुँदा महिलातर्फ एपिएफकी फूलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै चौथो हुन सफल हुनुभयो । चौथो स्थान प्राप्त गर्नुभएका पाल र रानाले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु