गृहपृष्ठ निर शाहको ‘कमला मिस’ को प्रदर्शन मिति घोषणा
निर शाहको ‘कमला मिस’ को प्रदर्शन मिति घोषणा
काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ ।
बिहीवार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै यो फिल्म आगामी साउन २२ गतेदेखि प्रदर्शनमा ल्याउने तय गरिएको हो । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट तथा एफडी कम्पनीले वितरण गर्नेछन् ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी तथा संजय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लद्वारा निर्मित यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल तथा चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् ।
फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलाल ले संयुक्त रूपमा तयार पारेका छन् ।
यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुबेदी ले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् ।
प्रकाशित समय : १८:१६ बजे



















