global ime bank Long Banner Ad

गृहपृष्ठ जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रबार पेनडाउन गर्ने

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रबार पेनडाउन गर्ने

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रबार पेनडाउन गर्ने

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमा भएको झडप भएको विषयमा कर्मचारीहरु आन्दोलित बनेका छन् ।

आन्दोलनकै क्रममा आज कर्मचारी इकाई एशोसिएसन समितिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी ‘पेनडाउन’ गर्ने निर्णय गरेको छ । ‘पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि क्षमाप्रार्थी छौँ’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार दिउँसो नगर प्रमुख साहको कार्यकक्षमा विवाद चर्किएपछि कर्मचारी र पत्रकारबीच झडप भएको थियो । झडपको क्रममा वडासदस्य सुनिता मेस्तरनी र महिला कर्मचारी प्रमिला मण्डल, मिना साह र पुष्पा यादव घाइते भएकी छिन् ।

यता, घटनापछि बुधबार नेपाल पत्रकार महासंघले कुटपिट गर्ने नगर प्रमुख पक्षका व्यक्तिलाई कारबाही गर्न भन्दै पाँचदिने अल्टिमेटम दिँदै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाइ सकेका छन् । सोही दिन जनकपुरधाम कर्मचारी इकाई एशोशिएसनले पनि प्रजिअ कणेललाई नै ज्ञापनपत्र बुझाएका छन् ।

पत्रकारबाट कुटिएको भनिएकी महिलाहरू भने प्रादेशिक अस्पताल जनकपुरमा भर्ना छन् । घाइते महिलालाई बिहीबार नगर प्रमुख साह अस्पतालमै पुगेर भेटघाट गरी अवस्था बुझेका छन् । मेयर साहले पनि पत्रकार जबरजस्ती कार्यकक्षमा पुगेर प्रतिक्रिया लिन खोजेको र कुटपिट गरी महिलालाई घाइते बनाएको बताएका छन् ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु