nmb bank

गृहपृष्ठ यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट, १३ रन बनाएका अर्जुन साउद आउट

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट, १३ रन बनाएका अर्जुन साउद आउट

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट, १३ रन बनाएका अर्जुन साउद आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । खेलको २ ओभर ३ बलमा नेपालका अर्जन साउद आउट भए । जुनैद सिद्दिकको बलमा उनी बोल्ड भएका हुन् । आउट हुनुअघि उनले ११ बलमा १३ रन जोडे । यस क्रममा उनले तीन चौका प्रहार गरे ।

आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् । युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रात्रिकालीन समयमा हुने यस सिरिजको दोस्रो खेल मंगलबार हुने जनाएको छ ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु