nmb bank

गृहपृष्ठ नेपालले महिला च्यालेन्ज ट्रफी खेल्ने

नेपालले महिला च्यालेन्ज ट्रफी खेल्ने

नेपालले महिला च्यालेन्ज ट्रफी खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने भएको छ । १८ अप्रिलदेखि १ मेसम्म रुवान्डामा हुने प्रतियोगितामा नेपालसहित घरेलु टोली, इटाली, अमेरिका र भानुआतुले खेल्दैछन् ।

नेपालले पहिलो खेल १८ अप्रिलमा अमेरिकासँग खेल्नेछ । यस्तै, १९ मा इटाली र २२ मा घरेलु टोलीसँग खेल्ने नेपालले २४ अप्रिलमा भानुआतुसँग खेल्नेछ । नेपालले २६ अप्रिलमा अमेरिका, २८ मा रुवान्डा, ३० मा भानुआतु र १ मेमा इटालीसँग खेल्नेछ ।

बुधबार विदाई गरिएको नेपाली टोलीमा इन्दु बर्मा कप्तान र पूजा महतो उपकप्तान रहेका छन् । टोलीका अन्य खेलाडीमा बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनीषा उपाध्याय छन् ।

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु