nmb bank

गृहपृष्ठ गण्डकीका नवनियुक्त मन्त्रीहरूद्वारा सपथ

गण्डकीका नवनियुक्त मन्त्रीहरूद्वारा सपथ

गण्डकीका नवनियुक्त मन्त्रीहरूद्वारा सपथ
गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन।
प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका हुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले)दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन ।
नियुक्त हुनेमा मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र रेखा गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन ।
त्यस्तै, एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री नियुक्त भएका छन ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु