गृहपृष्ठ कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ ।
पटक-पटक कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि बुधबार बसेको कांग्रेस अनुसशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।
सभापति गगन थापाले सबैलाई वडा-वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए । त्यसको विरोध गर्दै गत चैत ३० मा खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले सचेत गराएको थियो ।
प्रकाशित समय : १४:३७ बजे



















