गृहपृष्ठ बतास ग्रुपले भित्र्यायो क्याटरपिलरको हाइड्रोलिक २ एक्स्काभेटर
बतास ग्रुपले भित्र्यायो क्याटरपिलरको हाइड्रोलिक २ एक्स्काभेटर
काठमाडौं । बतास ग्रुप अन्तर्गतको बतास ट्याक्टर प्रालिले नयाँ २ वटा हाइड्रोलिक एक्स्काभेटर नेपालमा ल्याएको छ । कम्पनीले क्याटरपिलर ब्राण्डको २ वटा मोडलका नयाँ हाइड्रोलिक एक्स्काभेटर शुक्रबार नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले विगत १० वर्षदेखि क्याटरपिलर ब्रान्डका मेसिनहरू नेपालमा आयात तथा विक्री वितरण गर्दै आएको छ । सोही क्रममा हालै क्याट ३२२ र क्याट ३२४ मोडलका नयाँ हाइड्रोलिक एक्स्काभेटर नेपालमा ल्याएको हो ।
उक्त एक्स्काभेटर नेपाल भित्रिएसँगै कम्पनीले दुई जना ग्राहकलाई साँचो हस्तान्तरण पनि गरेको छ । उक्त एक्स्काभेटर भरपर्दाे, इन्धन खपत कम गर्ने र सञ्चालन खर्च पनि कम हुने कम्पनीको दाबी छ ।
एक्स्काभेटर सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्लले ३२३ मोडलको एक्स्काभेटर कम्पनीले यस अघि नेपाल भित्र्याएको र सबै ग्राहकले त्यो मेसिनको प्रशंसा गरेको बताए । त्यही सफलतालाई निरन्तरता दिँदै अहिले ३२४ र ३२२ मोडलका मेसिन नेपाल ल्याइएको उनको भनाई छ ।
प्रकाशित समय : १४:१३ बजे



















