nmb bank

गृहपृष्ठ एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

काठमाडौँ । एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।

४९९ रुपियाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । त्यति मात्रै होइन तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

त्यसै गरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकले ९९ रुपियाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक रुपियाँ ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु