गृहपृष्ठ सुत्केरीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड
सुत्केरीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड
उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज तनावग्रस्त बनेको छ । भोजपुर षडानन्द नगरपालिका- ८ की सुनिता राईको मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन् ।
उनीहरूले सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको आरोप लगाइरहेका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने आफन्तको माग छ ।
सुनिताले गत २४ गते राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन् । नवजात शिशु स्वस्थ रहे पनि सुनिताको मृत्यु भएपछि अस्पतालले लापरबाही गरेको आफन्तहरूले आरोप लगाएका छन् ।
आफन्तले अस्पताल प्रशासनलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दै नाराबाजीसमेत गरेका छन् । तर प्रशासनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अस्पतालमा प्रहरीले सुरक्षा दिइरहेको छ ।
प्रकाशित समय : २०:५० बजे



















