nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्धारा नयाँवर्ष २०८३ लक्षित विभिन्न योजनाहरु सार्वजानिक

महालक्ष्मी विकास बैंकद्धारा नयाँवर्ष २०८३ लक्षित विभिन्न योजनाहरु सार्वजानिक

महालक्ष्मी विकास बैंकद्धारा नयाँवर्ष २०८३ लक्षित विभिन्न योजनाहरु सार्वजानिक

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले नेपाली नयाँवर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ ।

विभिन्न योजनाहरु अन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने बैकको योजना अनुरुप महालक्ष्मी विकास बैंकको मोबाइल एप“महालक्ष्मी स्मार्ट साथी”मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैकिङ्ग प्लेटफर्म माफर्त बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सफल हुनेछन् । विजेता ३ जना प्रयोगकर्ता आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडी सहित भ्रमण गर्न पाउनेछन् ।

साथै डिजिटल बैकिङ्गलाई प्रोत्साहनगर्न मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवद्र्धन गर्नेछ । मोबाइल बैकिङ्ग प्रयोगकर्ताले प्राप्तगर्ने Fone Points Rewards एपमा जम्मा हुनेछ । यो एपप्ले स्टोर तथा एप्स स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ । यस्तो रिवार्ड पोइन्ट निश्चितशर्त भित्र रहि ग्राहकहरुले विभिन्न सामानहरु खरिद गर्दा तथा अन्य कार्यहरुमा प्रयोग गर्न सक्नेछ्न ।

नयाँ वर्षको २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा समेत सञ्चालनमा ल्याएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्न निर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी कर्जा प्रदानगर्नेछ । यस्तो कर्जाको ब्याजदर ७वर्ष अवधीको लागि स्थिर समेत रहनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।

 

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु