nmb bank

गृहपृष्ठ अमेरिका–इरानबीच २१ घण्टा लामो वार्ता निष्कर्षविहीन

अमेरिका–इरानबीच २१ घण्टा लामो वार्ता निष्कर्षविहीन

अमेरिका–इरानबीच २१ घण्टा लामो वार्ता निष्कर्षविहीन

इस्लामाबाद– इस्लामाबादमा अमेरिका र इरानबीच शान्ति वार्ता बिना सहमति समाप्त भएको छ । यो वार्ता २१ घण्टाभन्दा बढी समयसम्म चलेको थियो ।

अमेरिकाका उपराष्ट्रपति जेडी वेन्स आफ्नो टोलीसहित अमेरिका फर्किएका छन् । फर्कनुअघि उनले पत्रकार सम्मेलन गर्दै भनेका छन्- ‘कुनै सम्झौता नहुनु अमेरिकाभन्दा इरानका लागि खराब खबर हो । अमेरिका कुनै पनि डिल बिना नै फर्किएको छ ।’ वेन्सले स्पष्ट पार्दै भनेका छन्- ‘कुनै पनि सम्झौताका लागि इरानले परमाणु हतियार नबनाउने प्रतिवद्धता जनाउनु पर्छ । अमेरिकाका शर्तहरू स्पष्ट थिए, तर इरानले स्वीकार गरेन ।’

इरानको प्रतिक्रिया:इरानले पनि पुष्टि गरेको छ भने इस्लामाबादमा भएको वार्ता बिना सम्झौता समाप्त भयो । इरानी समाचार एजेन्सी तस्नीमका अनुसार अमेरिकाका शर्तहरू अत्यन्त कडा र असन्तुलित थिए । त्यसैले सहमति हुन सकेन ।

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु