nmb bank

गृहपृष्ठ गुर्खाज हिमालयन हाइड्रोमा एनआइबिएल इक्विटीले १५ करोड लगानी गर्ने

गुर्खाज हिमालयन हाइड्रोमा एनआइबिएल इक्विटीले १५ करोड लगानी गर्ने

गुर्खाज हिमालयन हाइड्रोमा एनआइबिएल इक्विटीले १५ करोड लगानी गर्ने

एनआइबिएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

एनआइबिएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रूपैयाँ सेयर लगानी गरेको हो।

एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता छ र एनआइएमबी एस क्यापिटलले यसको व्यवस्थापन गर्छ।

गुर्खाज हिमालयन हाइड्रो कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो।

आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ।

 

 

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु