nmb bank

गृहपृष्ठ सार्वजनिक बिदाका कारण सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

सार्वजनिक बिदाका कारण सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

सार्वजनिक बिदाका कारण सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को मितिमा सामान्य हेरफेर गरेको छ । यसअघि २०८३ बैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी गरिएको भए तापनि गृह मन्त्रालयको सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले अब बैशाख ३ गतेदेखि मात्रै आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि यसअघि नै शेयर बाँडफाँट गरिसकिएको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । निष्काशन अवधि छिटोमा बैशाख ८ गतेसम्म रहनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा बैशाख १७ गतेसम्म लम्बिन सक्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो शेयर’ अनलाइन पोर्टल र एपमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु