गृहपृष्ठ महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने
महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा वाथ मुटु रोगको परीक्षण गराउने भएको छ ।
महानगरका अनुसार महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने छ ।
यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ । यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरको थप तयरी रहेको छ ।
प्रकाशित समय : १८:२९ बजे




















