global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एनपीएलको दोस्रो संस्करणमा क्यानलाई ९ करोड २१ लाख नाफा

एनपीएलको दोस्रो संस्करणमा क्यानलाई ९ करोड २१ लाख नाफा

एनपीएलको दोस्रो संस्करणमा क्यानलाई ९ करोड २१ लाख नाफा default

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान)लाई ९ करोड रूपैयाँभन्दा धेरै नाफा भएको छ ।

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको आय-व्यय विवरण अनुसार एनपीएलको दोस्रो सिजनमा क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रूपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ ।

प्रतियोगिताको कूल ग्रस रेभिन्यू ४७ करोड ३६ लाख ५५९ रूपैयाँ रहेको थियो भने खर्च कटाई कूल नाफा २५ करोड ३९ लाख ९५ हजार ४३५ रूपैयाँ भएको थियो ।

उक्त नाफाबाट ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रूपैयाँ ८ वटा फ्रेन्चाइज टोलीलाई बाँडफाँड गरी बाँकी रकम क्यानको भागमा परेको हो ।

एनपीएल गभर्निङ काउन्सिलले पहिलो संस्करणमा क्यानसमक्ष २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रूपैयाँ प्रस्तुत गरेको थियो ।

पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा ६ करोड ७४ लाख ७१ हजार १४६ रूपैयाँ बढी खुद मुनाफा भएको क्यानले जनाएको छ ।

 

प्रकाशित समय : २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु