गृहपृष्ठ अन्तरराष्ट्रिय मौरी सम्मेलन सुरु
अन्तरराष्ट्रिय मौरी सम्मेलन सुरु
चितवन । यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आजदेखि अन्तरराष्ट्रिय मौरी सम्मेलन सुरु भएको छ । सोही विश्वविद्यालयका उपकुलपति डा शारदा थपलियाले सम्मेलनको उद्घाटन गरिन ।
उनले सो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिन । उनले विश्वविद्यालयले शिक्षणसहित प्रविधि र प्रसारका क्षेत्रमा हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन ।
कार्यक्रममा विश्व विद्यालयका रजिष्ट्रार पुस्करबहादुर पाल, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, अन्तर्राष्ट्रिय मौरी अनुसन्धान केन्द्रका प्रा.डा. फेनी हटजिना र विश्व विद्यालयका कृषि संकायका डिन डा.अर्जुनकुमार श्रेष्ठ लगायतले अहिले मौरीपालनमा देखिएका समस्या र समाधानका विषयमा आफ्ना धारणा राखेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १९ वटा देशका ७० जना विज्ञसहित २५० जनाको सहभागिता रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि संकाय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि बिभाग र नेपाल मौरीपालक महासंघको संयुक्त आयोजनामा सम्मेलन सुरु गरिएको हो ।
प्रकाशित समय : २०:५२ बजे




















