global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न अनुरोध

सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न अनुरोध

सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न अनुरोध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदातामा अनुरोध गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी ऐन विपरित न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाउँदै कानुनको स्वतःस्फूर्त पालना गर्न सम्बन्धित प्रतिष्ठान, संस्था तथा सरोकारवालालाई अनुरोध गरेको हो ।

श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) मा तालिम लिनेका रूपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बीमालगायतका सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ ।

“यस मन्त्रालयमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मीरनर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, साथै अन्य विभिन्न प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूबाट तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक तथा अन्य सुविधाहरू नपाएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएका छन, यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु