global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएको कांग्रेसको आरोप

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएको कांग्रेसको आरोप

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएको कांग्रेसको आरोप

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभा बैठक स्थगित गरिएको विषयलाई कांग्रेसले ‘दुखद विषय’ भनेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा ‘नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रति गरेको गैह्रजिम्मेवार व्यवहारका रूपमा लिएको छ’ भनिएको छ ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ, तर ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ,’ कांग्रेसले भनेको छ ।

स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन नेपाली कांग्रेसले सरकारलाई चेतावनी दिएको छ । कांग्रेसले भनेको छ, ‘तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछौँ ।’

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु