global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा उछाल, एकैदिन ४२ अंकको वृद्धि, ३१ कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो

नेप्सेमा उछाल, एकैदिन ४२ अंकको वृद्धि, ३१ कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो

नेप्सेमा उछाल, एकैदिन ४२ अंकको वृद्धि, ३१ कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो

सेयर बजार परिसूचक नेप्से आइतबार ४२ अंकले बढेको छ । अर्थमन्त्रीबाट डा. युवराज खतिवडाको बहिर्गमन हुने हल्लासँगै गत सातादेखि बढ्न थालेको सेयर बजार आइतबार ४२.६१ अंकले बढेर १२५५.७२ अंकमा पुगेको हो । नेप्से परिसूचक समग्रमा ३.५१ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । लगानीकर्ताको मनोबल बढेपछि ब्याजदर उच्च हुँदाहुँदै पनि १ अर्बमाथिको कारोबार हुन थालेको छ । आइतबार १७९ कम्पनीको ३८ लाख ३१ हजार ४५ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख रुपैयाँको कारोबार भयो ।

नेप्सेमा सूचीकृत सबै समूहमा उकालो लागेको छ । निर्जीवन बिमा समूह सबैभन्दा ८.१७ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्त ६.५५, जीवन बिमा ६.८६, होटल ३.९९, जलविद्युत ३.२५, बैंक २.५२, विकास बैंक २.६३, वित्त २.३८, अन्य २.७३ र म्युचुअल फन्ड २.५ प्रतिशतले बढेको छ ।

आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५ करोड ८८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । अरु २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । १७९ कम्पनीको सेयर किनबेच हुँदा १५४ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु