गृहपृष्ठ पासपोर्ट कभर बेचबिखन गर्न निषेध
पासपोर्ट कभर बेचबिखन गर्न निषेध
सरकारले पासपोर्टको कभर बेचविखनमा रोक लगाएको छ । झट्ट हेर्दा पासपोर्टजस्तै देखिने खोल (कभर)का कारण मानिसहरू झुक्किने र यसै कारण ठगी हुने क्रम बढेपछि सरकारले यस्तो खोल बेच्न प्रतिबन्ध लगाएको हो ।
‘झट्ट हेर्दा साधारण राहदानी जस्तो देखिने राहदानीको खोल (पासपोर्ट कभर) खरिद बिक्रीमा प्रतिबन्ध लगाईएको हुदाँ यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ,’ राहदानी विभागद्वारा जारी सूचनामा भनिएको छ ।
केही समययता पासपोर्ट सुरक्षा हुनेभन्दै यस्तो खोलका किनबेच बढेको थियो ।
प्रकाशित समय : २१:२४ बजे



















