global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित वुद्ध ब्वाईज होस्टेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेटसहित सोही होस्टेलमा बस्ने झापा घर भएका २७ वर्षीय अभिषेक भारतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै, कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कटानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शिवराज विक समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनकुरूवाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-१८ कटान बस्ने २१ वर्षीय निशाज डगौरा र बेलडाँडी गाउँपालिका-१ रतनपुर बस्ने २२ वर्षीय प्रकाश डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बैबाहबाट सिमलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ८७०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७४० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भेरीगंगा नगरपालिका-१३ रामघाट बस्ने ३३ वर्षीय शिखर विक र दाङ घोराही उपमहानगरपालिका-१४ ढोडेरी गुम्बा बस्ने २७ वर्षीय प्रबिन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ सुन्दरहरैँचा नगरपालिका-१२ हरैँचा मोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९३० मिलिग्रामसहित उर्लाबारी नगरपालिका-३ मंगलबारे बस्ने २४ वर्षीय निरज ठकुरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै, झापा भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६९० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २८ वर्षीय किरण श्रेष्ठ समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु