nmb bank

गृहपृष्ठ सञ्चारविद् प्राडा अधिकारीलाई गण्डकी वाङ्मय पुरस्कार दिने निर्णय

सञ्चारविद् प्राडा अधिकारीलाई गण्डकी वाङ्मय पुरस्कार दिने निर्णय

सञ्चारविद् प्राडा अधिकारीलाई गण्डकी वाङ्मय पुरस्कार दिने निर्णय
तनहुँ । यहाँस्थित गण्डकी वाङ्मय प्रतिष्ठानले यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ विशिष्ट सिद्धान्तकार एवं सञ्चारविद् प्राडा निर्मलमणि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको आज बसेको कार्यसमिति बैठकले नेपाली साहित्य, सञ्चार र प्राज्ञिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई १० हजार राशिसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानले उक्त पुरस्कार नयाँ वर्ष २०८३ को सन्दर्भ पारेर दमौलीमा हुने विशेष समारोहमा प्रदान गरिने जानकारी दिइन । उनले भनिन, “नेपाली साहित्यको विकास, समृद्धि र श्रीवृद्धिमा डा अधिकारीले पुर्‍याएको अतुलनीय योगदानको सम्मानस्वरूप उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।”
यहाँको म्याग्दे गाउँपालिका–४ पिपलटार, छाङमा जन्मिएका प्राडा अधिकारी हाल काठमाडौँ विश्वविद्यालयअन्तर्गत भाषा तथा आमसञ्चार विभागका प्राध्यापक तथा विभाग प्रमुखका रूपमा कार्यरत छन । उनिद्वारा प्रतिपादित ‘सञ्चारको साधारणीकरण ढाँचा’ (साधारणीकरण मोडल अफ कम्युनिकेसन) विश्वका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश भई पठनपाठन भइरहेको छ ।

प्रकाशित समय : २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु