global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रम्पद्वारा ४८ घण्टाको ‘अल्टिमेटम’ जारी

ट्रम्पद्वारा ४८ घण्टाको ‘अल्टिमेटम’ जारी

ट्रम्पद्वारा ४८ घण्टाको ‘अल्टिमेटम’ जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको १० दिने समयसीमा सकिनै लाग्दा अन्तिम ४८ घण्टाको ‘अल्टिमेटम’ जारी गरेका छन् । ट्रम्पले इरानलाई सम्झौता गर्न या हर्मुज जलडमरू खोल्न चेतावनीसहितको अल्टिमेटम जारी गरेका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘मैले इरानलाई सम्झौता गर्न वा हर्मुज जलडमरू खोल्न १० दिनको समय दिएको सम्झनुहोस्। अब समय घर्कँदै छ । ४८ घण्टा बाँकी छ, त्यसपछि उनीहरूमाथि नर्क बर्सिनेछ। भगवानको जय होस् !’

यसअघि गत मार्च २७ मा राष्ट्रपति ट्रम्पले इरानी ऊर्जा केन्द्रहरूमा हुन सक्ने सम्भावित आक्रमणलाई १० दिनका लागि रोक्ने घोषणा गरेका थिए । सोही समयसीमा अब अन्तिम चरणमा पुगेको हो ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु