गृहपृष्ठ काठमाडौंमा ‘जुवा’ खेलिरहेका १९ जना पक्राउ
काठमाडौंमा ‘जुवा’ खेलिरहेका १९ जना पक्राउ
काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६, सिमलटारका ५२ वर्षीय मैते तामाङसहितका व्यक्तिहरू छन् ।
तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (चैत २०) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ६ लाख २७ हजार ५०० रुपैयाँ, आठ बुक तास र २८ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १७:१८ बजे




















