गृहपृष्ठ विश्वकपबाट बाहिरिएपछि इटाली फुटबल अध्यक्ष ग्राभिनाले दिए राजीनामा
विश्वकपबाट बाहिरिएपछि इटाली फुटबल अध्यक्ष ग्राभिनाले दिए राजीनामा
काठमाडौं । इटाली विश्वकपमा लगातार तेस्रोपटक छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष ग्राभिनाले पदबाट राजीनामा दिएका छन् ।
प्लेअफ फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टीमा पराजित भएपछि इटालीको विश्वकप यात्रा टुंगिएको थियो । यसअघि पनि इटालीले २०१८ र २०२२ का विश्वकप गुमाएको थियो ।
यससँगै टोलीसँग आबद्ध पूर्व गोलकिपर जियानलुइजी बुफोनले पनि आफ्नो जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
ग्राभिनाको नेतृत्वमा इटालीले युरो २०२० जिते पनि पछिल्ला असफलताले आलोचना बढेको थियो । अब नयाँ अध्यक्ष चयनका लागि आगामी जुन २२ मा निर्वाचन हुने बताइएको छ ।
प्रकाशित समय : १२:५४ बजे


















